काठमाडौं । आयोजक रुपन्देही-११ बुटवलमा जारी २१ औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको खेलमा सुनसरी-११ लाई सडन डेथमा ५-४ गोल अन्तरले पराजित गर्दै रुपन्देही सेमिफाइनलमा पुगेको हो ।
बुटवलको एन्फा टेक्निकल सेन्टरमा निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसक्दा खेल पेनाल्टी सुट आउटमा ३-३ गोलको बराबरी हुँदै सडन डेथमा पुगेको थियो ।
सुनसरीका उमेश राईले पेनाल्टी गुमाएपछि निशान न्यौपानेले गोल गर्दै आयोजकको जित सुनिश्चित गरेका थिए।
खेलको म्यान अफ द म्याच रुपन्देहीका डिफेन्डर राम्से घोषित भए ।
अब रुपन्देहीले सेमिफाइनलमा फागुन १० गते क्यामरुनको दाउफिन्स र झापा-११ बीचको विजेतासंग खेल्नेछ ।
प्रतियोगिता अन्तर्गत भोली (सोमबार ) च्यासल युथ क्लब र संकटा क्लब बीच प्रतिस्पर्धा हुनेछ ।