काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाडौं क्षेत्र नं. ४ को आयोजनामा हुने प्रथम मदन भण्डारी स्मृति भेट्रान फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
आयोजकका अध्यक्ष शुभ शर्माले मंगलबारदेखि सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जनकारी गराए ।
प्रतियोगितामामा २० पुरुष टिमको सहभागिता रहने अध्यक्ष शर्माले जानकारी दिए । त्यसमा ४ टिम मोफसलका रहेका छन् ।
विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । चावहिलस्थित गणेशथान फुटबल मैदानमा हुने नकआउट प्रतियोगिताको फाइनल फागुन ११ गते हुनेछ ।