काठमान्डौ । बिग बास लिग बीबीएलको २०१८–२०१९ सिजन सकिएको छ । आईतबार भएको फाइनलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्स १३ रनले पराजित हुदै उपविजेतामा सिमित बन्यो ।
यससंगै सन्दीपको डेब्यु बीबीएल सुखद रह्यो । यधपी उनी पहिलो अन्तराष्ट्रिय फ्रेन्चाइज प्रतियोगिता जित्ने अवसरबाट बञ्चित भएका छन् ।
डेब्यु बीबिएलमा उनले ८ खेलमा ११ विकेट लिन सफल रहे ।
अब उनी अष्ट्रेलियाबाट दुबईमा लाहोरबाट पाकिस्तान सुपर लिग पिएसएल खेल्ने छन् । उनी नेपाल आउने वा उतैबाट दुबई लाग्ने भन्ने बिषयमा भोलीमात्र टुङ्गो लाग्ने सन्दिपका म्यानेजर रमण सिवाकोटीले खेलपाटीसंग बताए ।
पिएसएल भने १४ फेब्रुअरीबाट सुरु भैईसकेको छ । सन्दीप सम्मिलित लाहोर दुई खेलमा एक जित निकाल्दै अंक तालिकाको दोश्रो स्थानमा छ । सन्दीपले पिएसएलमा लाहोरको ३ खेल गुमाउने छन् ।
सन्दीप पिएसएल खेल्ने एसोसिएट राष्ट्रका एक तथा पहिलो नेपाली खेलाडी हुन् ।
उनीसंगै टिममा कोरी एण्डर्सन, एबीडी भिलयर्स, कार्लोस ब्रेथवेट, यासिर साह जस्ता खेलाडी सामेल छन् ।
पुर्व पाकिस्तानी क्रिकेटर रमिज राजाले सन्दीपको खेल हेर्न निकै आतुर रहेको बताएका छन् ।
‘यदि तपाईले लामिछानेको नाम सुन्नु भएको छैन भने तपाईले अब सुन्न मात्र हैन अब उनको चमत्कार हेर्न समेत पाउनुहुनेछ ।’ राजाले युटुबमार्फत भनेका छन् ।