धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) अन्तर्गत अहिले काठमाडौं गोल्डेन्स र रुपन्देही च्यालेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
फाप्ला क्रिकेट मैदानमा काठमाडौंले टस जितेको छ र पहिले ब्याटिङ रोजेको छ । आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
रुपन्देहीविरुद्ध मैदान उत्रदा अपराजित काठमाडौं तेस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ । काठमाडौं ३ खेलमा ५ अंक जोडेर शीर्ष स्थानमा छ । त्यसैले रुपन्देहीलाई हराएर काठमाडौं प्ले अफमा पुग्न चाहन्छ ।
सुरुवाती दुई खेलमा जित निकालेको काठमाडौंले बर्षाको कारण तेस्रो खेलमा अंक बाडेको थियो ।
लिग लिडर काठमाडौंविरुद्ध मैदान रुपन्देहीको लक्ष्य तेस्रो जित नै रहेको छ । ३ खेलबाट २ जित र एक हार व्यहोरेको रुपन्देही तेस्रो स्थानमा छ ।
काठमाडौंलाई हराएर रुपन्देही प्ले अफमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।