धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत अहिले जारी खेलमा सिवाईसी अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई जितका लागि ५५ रनको लक्ष्य दिएको छ ।
फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले पुरै ६ ओभरमा ५ विकेट गुमाएर ५४ रन जोड्यो ।
बर्षाले भिजेको मैदानको कारण ढिला सुरु हुँदा ६ ओभरमा घटाईएको खेलमा अत्तरियाका लागि सन्नी पटेलले सर्वाधिक १९ रन जोडे । यस्तै जय किशन कोल्शवाला र कप्तान दिपेन्द्र सिंह ऐरीले समान १०/१० रन बनाए ।
भुवन कार्की र रित गौतम समान ४/४ रनमा अविजित रहे ।
महेन्द्रनगरका अविनाश बोहरा र सागर ढकालले २/२ विकेट लिए । कप्तान शरद भेषवाकरको नाममा एक विकेट रह्यो ।
महेन्द्रनगरविरुद्ध मैदान उत्रदा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको अत्तरिया लगातार तेस्रो जितको खोजीमा हुनेछ । अत्तरिया २ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा छ । त्यसैले अत्तरिया जित निकाल्दै प्ले अफमा पुग्न चाहन्छ ।
यता, शरद भेषवाकरको टिम महेन्द्रनगर पहिलो जितको खोजीमा हुनेछ । सुरुवाती दुई खेल गुमाएको महेन्द्रनगरले २ अंक जोडेको छ ।
महेन्द्रनगरको यो समूह चरणको अन्तिम खेल हो । महेन्द्रनगर अत्तरियाविरुद्ध जित निकाल्दै प्ले अफको झिनो सम्भावना कायम राख्न चाहन्छ । महेन्द्रनगरले पछिल्लो २ खेल बर्षाको कारण रद्द हुँदा एक एक अंक पाएको थियो । महेन्द्रनगरको प्ले अफ सम्भावना गणितीय रुपमा बाँकी रहेको छ ।
आइतबार हुने दोस्रो खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंलाई बसन्त रेग्मीको रुपन्देहीले चुनौती दिनेछ ।दुईबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।