बुटवल । रुपन्देहीमा जारी २१ औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितामा आइतबार आयोजक लाली रुपन्देही-११ र सुनसरी-११ बीच प्रतिस्पर्धा हुँदैछ।
एन्फा एकेडेमी बुटबलमा हुने प्रि क्वाटरफाइनल खेल अपरान्ह साढे २ बजे सुरु हुनेछ । प्रतिस्पर्धाका लागि मैदान उत्रदा दुवै टोली जित निकाल्दै क्वाटरफाइनल पुग्न चाहन्छन् ।
विजेताले फागुन १० गते क्यामरुनको दाउफिन्स र झापा-११ बीचको विजेतासंग खेल्नेछ । शनिबार भएको उद्घाटन खेलमा झापाले विभागीय एपिएफ क्लबलाई २–० ले पराजित गरेको थियो ।
प्रतियोगिताको विजेताले ८ लाख ८० हजार पाउनेछ । यस्तै उपविजेता टिमले ५ लाख ५० हजार प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडिले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ ।