काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोली थाइल्याण्ड पुगेको छ ।
थाइल्याण्डमा सोमबारबाट सुरु हुने छनोटका लागि नेपाली महिला टोली शनिबार थाइल्याण्ड पुगेको हो । रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली टोली थाइल्याण्ड पुगेको हो ।
छनोटको उपाधि जित्ने लक्ष्यसहित थाइल्याण्ड पुगेको नेपालले मंगलबार मलेसियासंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
यस्तै दोस्रो खेलमा नेपालले आयोजक थाईल्याण्डसंग फेब्रुवरी २१ मा खेल्नेछ । नेपालले युएईसंग फेब्रुवरी २२ र हङकङसंग २४ फेब्रुवरी, फेब्रुवरी २५ मा चीन र अन्तिम खेलमा कुवेतसंग फेब्रुवरी २७ मा खेल्नेछ ।
एसिया छनोटमा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेसिया, कुवेत, चीन र हङकङ रहेका छन् ।
राउण्ड रोबिनको आधारमा हुने छनोटको बिजेताले आईसीसी महिला टी-ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।
नेपाली टिम :
रुबिना क्षेत्री
सिता राना मगर
करुणा भण्डारी
सरिता मगर
नेरी थापा
ईन्दु बर्मा
सोनु खड्का
आरती बिडारी
काजल श्रेष्ठ
रोमा थापा
कबिता कुवँर
अप्सरा बेगम
ममता चौधरी
बिन्दु रावल
मुख्य प्रशिक्षक - बिनोद दास
सहायक प्रशिक्षक- निरा राजोपाध्याय