एजेन्सी । दक्षिण अफ्रीका भ्रमणमा रहेको श्रीलंका पहिलो टेष्टमा १ विकेटले विजयी भएको छ।पाहुना टोलीले दुई टेष्ट सिरिजमा १-० को अग्रता लिगेको छ । पारेरा र विश्व फर्नान्डोले अन्तिम विकेटका लागि ७८ रनको साझेदारी गरेपछि श्रीलंकाको जित सम्भब भएको हो। रन पछ्याउने क्रममा अन्तिम विकेटको लागी बनेको ७८ रन विश्व किर्तिमान समेत हो।
डर्बान, टस हारेर ब्याटिङको निम्तो स्वीकार्दै अफ्रिकाले पहिलो इनिङमा ५९.४ ओभरमा दुई सय ३५ रन बनाउदै अल आउट भएको थियो । घरेलु टोलीका लागि कुइन्टन डि क्क ले सर्वाधिक ८० रन बानाएका थिए भने श्रीलंकाको लागि विश्शो फर्नान्डोले ४ तथा कसुन राजिथाले ३ विकेट लिन सफल रहेका थिए।
जवाफी ब्याटिङमा उत्रेको पाहुना टोली एक सय ९१ रनमा सिमित भयो । श्रीलंकाका लागि कुशल पारेराले सर्वाधिक ५१ रन बानाएका थिए । अफ्रिकाका लागि डेल स्टेनले ४ विकेट लिएका थिए।
दोश्रो इनिङमा अफ्रिका कप्तान फाफ डुपलेसीले ९० रन बनाउदा ७९.१ ओभरमा दुई सय ५९ रन बनाउदै श्रीलंकालाई ३ सय ४ रनको लक्ष्य प्रस्तुत गर्यो । श्रीलंकाका लागि डेब्यु गरेका लासित आम्बुल्देनियाले ५ तथा विश्शो फर्नान्डोले ४ विकेट हात पारे ।
३ सय ४ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले ९ विकेट गुमाउंदै जित हात पार्यो । दोश्रो इनिङमा श्रीलंकाका लागि कुशल पारेराले सतकिय पारि खेल्दै १ सय ५३ रन बनाए भने धनान्जय सिल्भाले ४८ रन प्रहार गर्नु बाहेक बाहेक अन्य ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् ।
जित्नका लागि ७८ रन चाहिएको अवस्थामा ९औं विकेट गुमाएको भ्रमणकारी टोलिका लागि पारेरा र विश्व फर्नान्डोले अभुतपूर्ण साझेदारी गरेका थिए। फर्नान्डेजले ६ रन प्रहार गरे। अफ्रिकाका लागि केशब महाराजले ३ विकेट हालत पारे भने डेल स्टेन र ड्युन ओलिभरले समान २/२, भेरन फ़िल्याण्डरले १ विकेट हात पारे ।
दोश्रो तथा अन्तिम टेष्ट शृंखला २१ फेब्रुवरीमा सुरु हुनेछ । अफ्रिका भ्रमणमा रहेको श्रीलंकाले ५ एकदिवसीय र २ टी ट्वान्टी खेल पनि खेल्नेछ ।