काठमाडौं । विभागीय टिम एपीएफलाई हराउँदै झापा ११ तिलोत्तमा गोल्डकप फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । बुटवलको एन्फा टेक्निकल सेन्टरमा शनिबार भएको खेलमा झापा ११ ले एपीएफलाई २–० गोल अन्तरले पराजित ग¥यो ।
झापाले सेमिफाईनल प्रवेशका लागि दाफिन्स एफसी क्यामरुनसंग खेल्नेछ ।
झापाले ८ औ मिनेटमा कर्ण लिम्बुको गोलबाट अग्रता लिएको थियो । ५० औ मिनेटमा कर्ण लिम्बुले गोल गर्दै झापाको जित सुनिश्चित गरे ।
कर्ण खेलको म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत भोली (आईतबार) सुनसरी ११ र लाली रुपन्देही ११ बीच प्रतिस्पर्धा हुनेछ ।