काठमाडौं । क्यामरुनको दाउफिन्सले २१ औँ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि जितेको छ । धरान रंगशालामा शनिबार भएको फाइनल खेलमा दाउफिन्सले आयोजक धरान फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै उपाधि उचालेको हो ।
हेमन्त थापामगर पेनाल्टीमा चुक्दा धरान आफ्नै मैदानमा उपाधि जित्न बिमुख भयो ।
उपाधिसँगै दाउफिन्सले ८ लाख रुपैयाँ पायो भने उपविजेता धरान फुटबल क्लब ४ लाखमा चित्त बुझाउन बाध्य भयो ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा सक्किएपछि खेलको टुंगो पेनाल्टी सुटआउटमा गरिएको थियो । क्यामरुनको जितमा जोवाङ्गुला, पेटेङ्गा र यात्रिक ओवानाले गोल गरे । यस्तै दुई खेलाडीले बल बाहिर प्रहार गरे ।
यता पराजित आयोजकको लागि प्रकास बुढाथोकी,दोर्जे तामाङले मात्रै गोल गरे । मिलन राई र हेमन्त थापामगरको पेनाल्टीे क्यामरुनका गोलरक्षकले रोकेका थिए । यस्तै योगेश राईले बाहिर प्रहार गरे ।
दाउफिन्स एक हप्ताको अन्तरालमा दोस्रो उपाधि जितेको हो । पोखरामा भएको मनकामना केवलकार पोखरा कपको उपाधि पनि दाउफिन्सलेनै जितेको थियो ।
धरान फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ टिम सहभागि थिए ।