एजेन्सी– ईङ्ग्लिश प्रिमियर लिग क्लब कार्डिफका स्ट्राइकर इमिलियानो सालाको पार्थिक शरीर शुक्रबार अर्जेन्टिना पुराईएको छ । उनको अन्तिम संस्कार यही हप्तामा हुनेछ ।
२८ वर्षीया साला चढेको विमान समुन्द्रमुनि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। फ्रेन्च क्लब नान्टेसबाट कार्डिफमा अनुबन्धित भएर त्यसतर्फ जाने क्रममा उक्त दुर्घटना भएको थियो ।
सालाको शरीर इजिएजा अन्तराष्ट्रिय विमानस्थल ब्यूनस एयरबाट शुक्रबार उनको घर प्रोग्रेसोमा लगिएको थियो ।
सालालाई सम्झदै कार्डिफले फेसबुकमा यस्तो लेखेको छ :- हामी तिम्रो पर्खाइमा हुनेछौं पहिलो दिन छोडेर गयौ तर यो समयमा तिमी हाम्रो साथमा सधैका लागि बस्नेछौ । तिमी गयौ र तिमी सबैकालागि एउटा उदाहरण बन्यौ । हाम्रो मनमा ।
सालाका साथी र परिवारका सदस्यहरु त्यस समारोहमा आइसकेका थिए । जनवरी २१ तारिखमा हराएको उनि चढेको विमान १५ दिन पछी भेटिएको थियो ।