काठमाडौं । भुटानमा जारी जिग्मे दोर्जी बाङ्गचुक स्मृति गोल्डकप फुटबल प्रतियोगितामा अहिले नेपालको रुस्लान थ्री स्टार क्लबले भुटानको उग्येन एकेडेमीसंग प्रतिस्पर्धा गरिरहेको छ ।
भुटान पिएसए मैदानमा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टार र उग्येनले गोलरहित बराबरी खेलेका छन् ।
बल पोजिसनमा थ्री स्टारले पकड बनाएपनि गोल गर्न भने सकेको छैन । प्रतियोगितामा थ्री स्टारले बाई पाएर सिधै क्वार्टरफाईनल खेलेको हो ।
नेपाली टिम आर्मीले पहिलो खेलमा शुक्रबार फराकिलो जित सहित प्रतियोगिताको सुखद सुरुवात गरेको थियो ।
नेपालबाट थ्री स्टार र आर्मी प्रतियोगितामा सहभागि छन् ।
थ्री स्टारले सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । मोफसलका प्रतियोगितामा राम्रो प्रर्दशन गरेर थ्री स्टार भुटान पुगेको हो ।