एजेन्सी । बिग बास लिग (बीबीएल) को उपाधिका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले भोली (आइतबार) ‘मेलबर्न डर्बी’ खेल्दैछन् । कुनै पनि अन्तराष्ट्रिय फ्रेन्चाइज लिगमा अहिलेसम्म फाइनल खेलेका छैनन् । डेब्यु बीबीएलमानै उनको पहिलो फाइनल हुनेछ ।
१० महिना अगाडी भारतको इन्डियन प्रिमिएर लिग (आइपिएल) बाट टी-ट्वान्टी अन्तराष्ट्रियमा डेब्यु गरेका उनी हालसम्म क्यारिबियन प्रिमिएर लिग (सिपिएल) मा सेन्ट किट्स एण्ड नेविज प्याट्रियट्स, बीबीएलमा मेलबर्न स्टार्स, क्यानाडाको ग्लोबल टी-ट्वान्टीमा मोन्टेरिएल टाइगर्स, अफगानिस्थान प्रिमिएर लिगमा नाङ्गर लियोपार्ड्स र घरेलु प्रतियोगितामा बिभिन्न टिमबाट आफ्नो प्रतिभा देखाइसकेका छन् ।
बीबीएलपछि पाकिस्तान प्रिमिएर लिगमा लाहोरबाट खेल्ने छन् । पहिलो सिजनको पोखरा प्रिमिएर लिग पीपीएलमा उनले बिराटनगर टाईटन्सको कप्तानी गरेका थिए । १८ बर्षे सन्दीपले हालसम्म २८ टी-ट्वान्टी खेल खेल्दै ३४ विकेट लिन सफल छन् । स्टार्सका लागि भने उनले ७ खेल खेल्दै ११ विकेट लिएका छन् ।
बीबीएलमा उनी अहिलेसम्म बेन्चमा बस्नु परेको छैन ।
पहिलो पटक अन्तराष्ट्रिय फ्रेन्चाइज लिग जिताउने लक्ष्य सहित सन्दीप भोली (आईतबार) मेलबर्न रेनिगेड्सबिरुद्ध उत्रिने छन् ।
दोश्रो पटक फाइनल पुगेको स्टार्सले अहिलेसम्म बीबीएल उपाधि जित्न भने सकेको छैन ।
सन्दीपले बिदेशी भुमीमा फ्रेन्चाईज लिग खेल्दै नेपालको नाम संसारभर फैलाउन सफल छन् । साथै उनले अन्य नेपाली खेलाडीका लागि बिदेशी लिगमा सम्भावनाको ढोका खोलिदिएका छन् ।