एजेन्सी । साबिकको विजेता वायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा संघर्षपूर्ण जित निकालेको छ । शुक्रबार राति भएको खेलमा वायर्नले अगस्बर्गलाई ३-२ गोल अन्तरले हराएको हो ।
अगस्बर्गको मैदानमा भएको खेलमा किङ्ग्सले कोम्यानले दुई गोल गरे । यस्तै डेभिड अल्बाले एक गोल गरे । अगस्बर्गका जी डोङ वोनले एक गोल गरे । अगस्बर्गले एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको पहिलो मिनेटमै लिओन गोर्टेज्काको आत्मघाती गोलबाट घरेलु टोलीले अग्रता बनाएको थियो । खेलको १७ औं मिनेटमा वायर्नका कोम्यानले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
खेलको २३ औं मिनेटमा वोनले गोल गर्दै अगस्बर्गलाई २-१ को अग्रता दिलाए । खेलको ४५ औं मिनेटमा वायर्नका कोम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । त्यसपछि खेलको ५३ औं मिनेटमा अल्बाले गोल गरेपछि वायर्नले खेल ३-१ ले आफ्नो बनायो ।
जितसंगै वायर्नले शीर्ष स्थानको बोरुसिया डर्टमण्डसंगको अंक दुरी घटाएको छ । दोस्रो स्थानको वायर्नले २२ खेलबाट ४८ अंक जोडेको छ । एक खेल कम खेलेको डर्टमण्डको ५० अंक छ । १८ अंक जोडेको अगस्बर्ग लिगको १५ औं स्थानमा छ ।