काठमाडौं । बुढासुब्बा गोल्डकपको २१ औँ संस्करणको उपाधि भिडन्तको खेल आज (शनिबार) हुँदैछ । आयोजक धरान फुटबल क्लब र क्यामरुनको दाउफिन्स फेमीली उपाधिका लागि भिड्दैछन् ।
खेल दिउँसो साँढे २ बजे सुरु हुनेछ ।
धरान रंगशालामा भिड्दै गर्दा दुबै टोलीको उपाधि हात पार्ने लक्ष्य हुनेछ । क्यामरुनको दाउफिन्सले मनकामना केवलकार पोखरा कपको उपाधि उचालेको थियो । आयोजक पहिलो पटक आफ्नै मैदानमा उपाधि रक्षा गर्न चाहन्छ ।
आयोजक धरानले कालकत्ताको टिम र संकटा क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । यता दाउफिन्सले विभागीय एपीएफ र पुलिसलाई पाखा लगाउँदै दोस्रो उपाधि नजिक पुगेको हो ।
धरान फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ टिम सहभागी रहेका छन् । विजेताले ८ लाख पाउनेछ । यस्तै उपविजेता टिमले ४ लाख प्राँप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले होण्डाको स्कुटर प्राप्त गर्नेछ । सर्बाधिक गोलकर्ताले ३५ हजार पाउनेछ । प्रतियोगिताका विधागत तर्फका गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
उदयमान खेलाडीले १५ हजार पाउनेछ । गोल्डकप प्रतियोगिता हेर्न आउने एक भाग्यशाली दर्शकलाई एउटा बाइक पाउने आयोजकले बताएको छ ।