काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले खेलाडीले दिएको जिम्मेवारी पुरा गरेको बताएका छन् । उपाधि भिडन्तमा म्यानमारसंग पराजित भएपछि आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक खड्काले नेपाली खेलाडीको प्रर्दशनलाई सम्मान गर्न चाहेको प्रतिक्रिया दिए ।
‘नेपाली खेलाडीको सम्मान गर्न चाहन्छु । मैले जे जिम्मेवारी दिएको थिए । त्यो उनीहरुले पुरा गरे ।’ उनले भनेका छन् ।
महिला खेलाडीको प्रर्दशन दिन प्रतिदिन सुधार हुदै गईरहेको जानकारी दिदै उनले फाईनलको टिम म्यानमार निकै राम्रो टोली भएको बताए ।
‘म्यानमार निकै बलियो टोली हो । वरियतामा समेत उनीहरु निकै माथि छन् ।’ खड्काले भने, ‘मैले सुरुमै भनेको थिए । हामी कमजोर तर अन्डरडग टिम हौ । त्यही भएर खेलाडीलाई दबाब नलिएर खेलको मज्जा लिन भनेको थिए ।’
म्यानमारका केही खेलाडीलाई फाईनल खेलमा रोकेर खेल्न नदिने रणनीति आफुले बनाएको खड्काले बताए ।
नेपाल सहभागि देशहरु मध्य कमजोर टिम रहेको भएको बताउँदै खड्काले आफुमा गुमाउनुको कुनै चिन्ता नरहेको उल्लेख गरे ।
खेलाडीमा जितको मानसिकता निकै बलियो भएका कारणले राम्रो खेल्न सकेको उनको भनाई थियो । म्यानमार सहित भारत र ईरान समावेश प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो ।
नेपालले समुह चरणमा भारत र ईरानलाई पराजित गरेपनि म्यानमारलाई हराउन सकेन । साफ र ओलम्पिक छनोटलाई लक्षित गर्दै भारतले प्रतियोगिताको आयोजना गरेको थियो ।