काठमाडौं । भारतमा भएको हिरो गोल्डकप फुटबलमा नेपालकी सावित्रा भण्डारीले सर्वाधिक गोलकर्ताको पुरस्कार बाँडेकी छिन् ।
शुक्रबार सकिएको प्रतियोगितामा चार गोल गर्दै उनले सर्वाधिक गोलकर्ताको पुरस्कार म्यानमारकी यि यि ओसंग बाँडेकी हुन् ।
दोस्रो र तेस्रो खेलमा चम्किएकी सावित्रा फाईनल खेलमा गोल गर्न सकिनन् । म्यानमारकी ओले अन्तिम खेलमा दुई गोल गर्दै सावित्राको गोल संख्या बराबरी गर्न सफल भएकी थिईन् ।
प्रतियोगितामा चार गोल गरेकी सावित्राले भारत र ईरानविरुद्व समान दुई÷दुई गोल गरेकी थिईन् । पुरस्कार बापत आयोजक भारत फुटबल महासंघले १ लाख रुपैयाँ प्रदान गरेको थियो ।
प्रतियोगितामा उपविजेता बनेको नेपालले पाँच लाख पाएको थियो ।