ललितपुर । अखिल नेपाल फुटबल संघ एन्फाले ए डिभिजनमा सहभागि नहुने टोली सिधै रेलिगेशनमा पर्ने निर्णय गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा केन्द्रिय कार्यालयमा बसेको कार्यसमिति बैठकले ए डिजिनमा सहभागि नहुने टोली सिधै रेलिगेशनमा पर्ने निर्णय गरेको हो ।
बैठकले असोज १३ गते सुरु हुने प्रतियोगिताको प्रस्तावित मितिलाई स्विकृती प्रदान गर्दै लिग सिगंल राउण्ड रोबिन प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकले ४५ दिन भित्र खेल तालिका र नियमावली तयारी गरी कार्यकारी समितिको अर्को बैठकमा पेश गर्न लिग समितिलाई निर्देशन दिएको छ ।
बैठकले ४५ दिन भित्र खेल तालिका र नियमावली तयारी गरी कार्यकारी समितिको अर्को बैठकमा पेश गर्न लिग समितिलाई निर्देशन दिएको छ । बैठकले कार्यसमितिको अर्को बैठक भन्दा अगाडी राष्ट्रिय लिगको संरचना समेत निर्माण गरी पेश गर्ने लिग समितिलाई निर्देशन दिएको छ ।
एन्फाले १० वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले सहभागिता जनाउने र त्यसकालागि फिफाबाट सहयोग लिने निर्णय गरेको छ । बैठकले विधान संशोधन मस्यौदा समितिले पेश गरेको मस्यौदा पारित गर्न संघको विशेष साधारण सभा साउनको ३० गते चितवनमा गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले शहिद स्मारक लिग, एन्फा प्रेसिडेन्ट लिग र राष्ट्रिय लिगको अवधारणा लागु गरी कार्यान्वयन गर्न ४५ दिन भित्र राष्ट्रिय लिगको अवधारणा र संरचनाको खाका तयार गर्न लिग समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।