काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै क्यामरुनको दाउफिन्स फेमेली २१ औँ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि नजिक पुगेको छ ।
धरान रंगशालामा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पुलिसलाई सडन डेथमा पराजित गर्दै दाउफिन्स फाइनल पुगको हो ।
अव उपाधिका लागि दाउफिन्सले भोली (शनिबार) आयोजक धरानसंग खेल्नेछ ।
निर्धारित समयको खेल बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको हो ।
दाउफिन्स एक हप्ताको अन्तरालमा दोस्रो उपाधि नजिक पुगेको हो । उसले मनकामना केवलकार पोखरा कपको उपाधि जितेको थियो ।
धरान फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ टिम सहभागी छन् । विजेताले ८ लाख पाउनेछ । यस्तै उपविजेता टिमले ४ लाख प्राँप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले होण्डाको स्कुटर प्राप्त गर्नेछ । सर्वा्िधक गोलकर्ताले ३५ हजार पाउनेछ । प्रतियोगिताका विधागततर्फका गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
यस्तै, उदयमान खेलाडीले १५ हजार पाउनेछ । गोल्डकप प्रतियोगिता हेर्न आउने एक भाग्यशाली दर्शकलाई बाइक पाउने आयोजकले बताएको छ ।