काठमाडौं । सहिद स्मारक बी डिभिजन लिगमा एलन राईले ह्याट्रिक गरेपछि टुसाल युथ क्लब तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार भएको खेलमा खुमलटारलाई ७–२ गोल अन्तरले परजित गर्दै टुसाल शीर्ष स्थानमा उक्लिएको हो ।
जितसँगै टुसाले ७ अंक बनाएको छ । एक खेल कम खेलेको पुल्चोक स्पोर्टसले ६ अंक जोडेको छ ।
खुमलटारको जितमा एलन राईले पहिलो हाफको ईन्जुरी समय, ७३ औ र ७४ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । ए डिभिजन लिगमा हुन नसकेको ह्याट्रिक बी डिभिजन लिगको तेस्रो चरणको दोस्रो खेलमा सम्भव भएको हो ।
टुसालको जितमा मनिष सेडाइले दुई गोल गरे । उनले खेलको १६ औ र ६१ औ मिनेटमा गोल गरेको थिए । किरण रावत र कुमार थापाले एक एक गोल गरे ।
खुमलटारका लागि सविन केसीले खेलको ५३ मिनेटमा गोल गरे । अरुण श्रेष्ठले खेलको ९० औ मिनेटमा गोल गरे । हारसँगै खुमलटारले प्रतियोगितामा तेस्रो हार ब्यहोरेको हो ।
आजै भएको पहिलो खेलमा सातदोबाटो र झम्सिखेल युथले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । झम्सिखेलका लागि मनकुमार राईले सुरुवाती अग्रता दिलाएपनि खेल आफ्नो पक्षमा पार्न सकेन ।
सातदोबाटो ५० औँ मिनेटमा पेनाल्टी मार्फत खेलमा फर्किएको थियो । उसका पृथ्वी चौधरीले पेनाल्टीमा गोल गरेका थिए ।