काठमाडौं । रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय महिला राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ । आईसीसी वुमन्सको एसिया छनोट खेल्न नेपाली महिला टिमको घोषणा गरिएको हो । प्रतियोगिता थाईल्याण्डमा फेब्रुअरी १६ बाट १७ गतेसम्म थाईल्याण्डमा आयोजना हुदैछ ।
नेपाली टिममा कप्तान क्षेत्रीसंगै उप कप्तान सिता राना मगर, करुणा भण्डारी, सरिता मगर, नेरी थापा, ईन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ रहेका छन् । त्यस्तै, रोमा थापा, कबिता कुवँर, अप्सरा बेगम, ममता चौधरी र बिन्दु रावल छन् ।
मुख्य प्रशिक्षकमा बिनोद दास, सहायक प्रशिक्षकमा निरा राजोपाध्याय, म्यानेजरमा अमृता पौडेल र फिजियोमा सकुना धानी छन् ।
प्रतियोगिताका लागि चार जना रिजर्भ खेलाडी समेत समावेश गरिएको छ । रिजर्भ खेलाडीमा रितु कुमारी कनुजिया, सुमन विष्ट, अन्जली चन्द र डोली भट्ट छन् ।
नेपाली महिला टिम भोली (शनिबार) दिउँसो १ बजेर ५० मा थाईल्याण्ड उड्नेछ ।