काठमाडौं । भुटानमा जारी जिग्मे दोर्जी बाङ्गचुक स्मृति गोल्डकप फुटबल प्रतियोगितामा नेपालको त्रिभुवन आर्मी क्लबले भुटानको थिम्पु सिटीसँग प्रतिस्पर्धा गर्दैछ ।
प्रतियोगिताको पहिलो क्वार्टरफाइन खेल आज (शुक्रबार) दिउँसो सवाँ ३ बजे हुनेछ ।
आर्मी पल्सर सहिद स्मारक ए डिभिजन लिगको चौथो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । अखिल नेपाल फुटबल संघ एन्फाले लिगमा चौथो स्थान सम्म रहने टिमलाई देश बाहिर प्रतियोगिता खेल्ने ब्यवस्था मिलाएको हो ।
पहिलो पटक भुटानमा प्रतिस्पर्धा गर्न गएको आर्मीले बाई पाएर क्वार्टरफाईनलबाट खेल्न लागेको हो । आजको विजेताले नेपालका गोलकिपर अर्पण कार्की सम्मिलित पारो फुटबल क्लगसँग खेल्नेछ ।
प्रतियोगितामा नेपालका दुई क्लब, भारतका ४ क्लब सहित १२ क्लब रहेका छन् ।