काठमाडौं । बिग बास लिग (बीबीएल) अन्तर्गत आज (बिहिबार) पहिलो सेमिफाइनलको खेल हुदैछ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्स फाईनल प्रवेशका लागि होबर्ट हुरिकेन्सविरुद्व मैदान उत्रिएको छ ।
मेलबर्नको सुरुवाती ११ मा सन्दिप अटाएका छन् । योसंगै उनले बलिङ गर्ने निश्चित भएको छ । लिग चरणको अन्तिम खेलमा निर्णायक प्रर्दशन गरेका उनलाई टिमको सूरुवाती सेटमा स्थान दिईएको छ ।
मेलबर्नले महत्वपुर्ण खेलमा टस जितेको छ । र बलिङ गर्ने निर्णय गरेको छ ।
लिग चरणको अन्तिम खेलमा सन्दीपले महत्वपुर्ण तीन विकेट लिएपछि मेलबर्न सेमिफाइनल प्रवेश गरेको थियो ।
हेड टु हेडका आधारमा दुवै टोली १० पटक भिडेका छन् । जसमा ६ पटक मेलबर्न र ४ पटक हुरिकेन्स विजयी भएको छ । यस सिजनमा लिग चरणमा दुवै खेलमा हुरिकेन्स बिजयी बनेको थियो ।
मेलबर्न १४ खेलमा ७ मा जित र समान ७ खेलमा हार ब्यहोर्दै १४ अंक जोडेको थियो । हुरिकेन्स १० खेलमा जित हात निकाल्दै २० अंक सहित शीर्ष स्थानमा रहदै सेमिफाइनल पुगेको हो ।