एजेन्सी । पाकिस्तानका पुर्व फास्ट बलर शोएब अख्तरले क्रिकेट मैदानमा फर्कने घोषणा गरेका छन् ।
युवा खेलाडीको बलिङको तिब्रता बताउन उनले मैदानमा फर्कन लागेको घोषणा गरेका हुन् ।
उनले ट्वीटरमा एक भिडियो म्यासेज पोस्ट गर्दै फेब्रुअरी १४ बाट मैदानमा फर्कने बताए ।
आफुले लिग क्रिकेट खेल्न स्पष्ट पार्दै अख्तरले युवा बलरको बलिङको तिव्रता बताउन खेलमा फर्कन परेको दाबी गरेका छन् ।
शोएबले टेष्टमा १ सय ७८ र वन डेमा २ सय ४७ विकेट लिएका छन् ।
उनले सन् २०११ म भएको विश्वकप पछाडी अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । त्यसपछि उनी क्रिकेट कमेन्टेटरको रुपमा क्रिकेटसंग जोडिएका छन् ।
क्रिकेट ईतिहासमा सबैभन्दा तिव्र गतिका बलर मानिने अख्तरले टी २० क्रिकेटमा १९ विकेट हात पारेका थिए ।