धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा सिवाईसी अत्तरियाका कप्तान दिपेन्द्र सिंह ऐरीले अर्धशतक पुरा गरेका छन् ।
फाप्ला क्रिकेट मैदानमा रुपन्देही च्यालेन्जर्सविरुद्ध ब्याटिङ गर्दै अत्तरियाका कप्तान दिपेन्द्रले अर्धशतक पुरा गरेका हुन् । दिपेन्द्रले ४२ बलमा ५० रन पुरा गरे । अर्धशतक पुरा गर्ने क्रममा दिपेन्द्रले ८ चौका प्रहार गरे ।
दिपेन्द्र जारी डीपीएलमा अर्धशतक बनाउने तेस्रो खेलाडी हुन् । यसअघि धनगढी स्टार्सका अमित श्रेष्ठ र काठमाडौं गोल्डेन्सका अंकित दबासले अर्धशतक बनाईसकेका छन् ।