धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) मा अहिले रुपन्देही च्यालेन्जर्स र सिवाईसी अत्तरियाबीच प्रतिस्पर्धा हुँदैछ ।
फाप्ला क्रिकेट मैदानमा अत्तरियाले टस जितेको छ । र, पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । रुपन्देहीले केहि बेरमा बलिङ गर्ने छ ।
शीर्ष स्थानको रुपन्देहीविरुद्ध मैदान उत्रदा दिपेन्द्र सिंह ऐरीको अत्तरिया लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा धनगढीलाई हराएको अत्तरियाले १ खेलबाट २ अंक जोडेको छ । लिग लिडर रुपन्देहीलाई हराएर अत्तरिया प्ले अफ पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।
अत्तरियाले एक खेलाडी परिवर्तन गरेको छ । प्रेम तामाङको स्थानमा रित गौतम टिममा परेका छन् ।
बसन्त रेग्मीको रुपन्देही भने लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । र, रुपन्देही प्ले अफमा पुग्न चाहन्छ । अघिल्ला दुई खेलमा लगातार जित निकालेको रुपन्द्देही ४ अंक जोडेर शीर्ष स्थानमा छ । रुपन्देहीले पहिलो खेलमा महेन्द्रनगर र दोस्रो खेलमा विराटनगरलाई हराएको थियो ।
अत्तरियाको प्लेईङ सेट :
दिपेन्द्र सिंह ऐरी,कमल सिंह,जितेन्द्र सिंह ऐरी,सन्दीप जोरा,रित गौतम,दिपेन्द्र राउत,सुबेन्धु पाण्डे,भुवन कार्की,राम नरेश गिरी,सन्नी पटेल,जयकिशन कोश्लावाला
रुपन्देहीको प्लेईङ सेट :
बसन्त रेग्मी, बिक्रम शोब,ललित भण्डारी,बिनोद भण्डारी,कृष्ण कार्की,प्रदीप ऐरी,भिम सार्की,सुमित महर्जन,सन्दीप सुनार,बाबर हायत,पुनित मेहेरा