काठमाडौं । बुढासुब्बा गोल्डकपको पहिलो सेमिफाइनलमा आज (बिहिबार) आयोजक धरान फुटबल क्लब र संकटा क्लब भिड्दैछन् । धरान रंगशालामा हुने खेल दिउँसो साँढे २ बजे सुरु हुनेछ ।
दुबै टोली फाईनल पुग्ने लक्ष्यका साथ मैदान उत्रदै छन् । विजेता टिमले सिजनको पहिलो मोफसलको प्रतियोगिता खेल्नेछ ।
संकटा क्लब पल्सर सहिद स्मारक 'ए' डिभिजन लिगको उपविजेता टिम समेत हो । तर मोफसलका प्रतियोगितामा उसको नतिजा सन्तोषजनक छैन ।
विजेता टिमले फाइनलमा विभागीय नेपाल पुलिस र दाउफिन्सबीचको विजेतासँग फागुन ४ गते खेल्नेछ ।
यस अघिको खेलमा संकटाले मेची नेत्रालय ट्रेनिङ सेन्टरलाई पराजित गरेको थियो । आयोजक धरानले कोलकत्ताको टिमलाइ हराएको थियो ।
धरान फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ टिम सहभागी रहेका छन् । विजेताले ८ लाख पाउनेछ । यस्तै उपविजेता टिमले ४ लाख प्राँप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले होण्डाको स्कुटर प्राप्त गर्नेछ । सर्बाधिक गोलकर्ताले ३५ हजार पाउनेछ । प्रतियोगिताका विधागत तर्फका गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले नगद २५ हजार पुरस्कार राखिएको छ ।