काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीले हिरो गोल्डकपमा आफु सर्वाधिक गोलकर्ता बन्ने दाबी गरेकी छिन् । लिग चरणको अन्तिम खेलमा ईरानविरुद्व दुई गोल गरेकी सावित्राले आफु सर्वाधिक गोलकर्ता बन्ने लक्ष्य रहेको बताईन् ।
‘आफुमा विश्वास थियो । पक्कैपनि धेरै गोल गर्ने खेलाडी बन्छु भन्ने थियो । मेरो लक्ष्य थियो । म पक्कैपनि लक्ष्य पुरा गर्नेछु ।’ उनले भारतीय पत्रकारको जवाफमा भनिन् ।
भारतविरुद्व दुई गोल गरेकी सावित्राको नाममा चार गोल छ । उनी सर्वाधिक गोलकर्ताको दौडमा अगाडी छिन् ।
नेपाल विश्व वरियतामा पछाडी भएपनि उपलब्धी हासिल गर्न सफल भएको भन्ने भारतीय पत्रकारको प्रश्नमा सावित्राले कडा उत्तर फर्काईन्, ‘म मान्छु वरियतामा सबै भन्दा तल छौ । तर हाम्रो जित्ने सोच छ नि, त्यो तल छैन ।’
प्रतियोगितामा सहभागि देशहरु फिफा वरियतामा नेपाल भन्दा निकै माथि छन् । नेपाल विश्व वरियतामा १ सय ८ औ स्थानमा रहदाँ नेपालले पराजित गरेको ईरान ६० औ र भारत ६२ औ स्थानमा छन् ।
उनले नेपाली टिममा सबका सबै खेलाडी सुपर स्टार रहेको समेत बताईन् । उपाधि जित्नेमा आफुहरु विश्वस्त रहेको बताउँदै उनले प्रशिक्षको निर्देशन अनुसार फाईनलमा प्रर्दशन गर्ने उल्लेख गरिन् ।
नेपालले हिरो गोल्डकपको फाईनलमा आगामी शुक्रबार म्यानमारको सामना गर्दैछ ।