काठमाण्डौ । साबिकको विजेता धनगढी स्टार्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा लगातार तेस्रो हार ब्यहाेरेकाे छ । बुधबार भएको खेलमा विराटनगर किंग्ससंग २१ रनले पराजित हुँदै धनगढीले तेस्रो हार ब्यहाेरेकाे हाे ।
हारसंगै धनगढीको प्ले अफ सम्भावना कमजोर बनेको छ । पहिलो खेलमा काठमाडौं र दोस्रोमा अत्तरियासंग पराजित धनगढी पुछारमा रहेको छ ।
अब धनगढीलाई प्ले अफमा स्थान बनाउन बाँकी २ खेल जित्नैपर्ने बाध्यता रहेको छ ।
यस्तै अन्य खेलको नतिजामा समेत भर पर्नुपर्ने भएको छ ।
"मुभमेण्ट अझै मिलेको छैन, बलिङ राम्रो भए पनि फिनिसङ गर्न सकेका छैनौं । जुन हारको कारण बनिरहेको छ । पावर प्लेमा विकेट खस्दा नयाँ ब्याट्सम्यानलाई खेल्न गाह्राे हुन्छ । टी ट्वान्टीमा जहिले पनि पावर प्लेमा महत्वपूर्ण हुन्छ तर हामी त्यही चुकिरहेका छौं ।" हारपछि पत्रकारसंग स्टार्सका कप्तान सोमपाल कामीले बताए।
लगातार तेश्रो हारपछि प्ले अफको सम्भावना कस्तो देख्नु हुन्छ त भन्ने प्रश्नमा उनले भने, "अब बाँकी दुई खेल राम्रो खेल्दै जित्नु पर्नेछ । जितेर मात्र हुँदैन अरु टिममा पनि भर पर्नु पर्छ ।" उनले थपे, "म यति भन्न चहान्छु कि अप्ना टाइम आएगा"