ललितपुर । विभागीय टोली नेपाल पुलिस क्लब ललित स्मृति यु - १८ फुटबल च्याम्पियनसिपको पहिलो चरणबाटै बाहिरिएको छ । मंगलबार भएको खेलमा जावलाखेल युथ क्लबसँग १ - ० ले पराजित हुँदै पुलिस लगातार दुई हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेललाई जित दिलाउन निरज चौधरीलेनिर्णायक गोल गरे । पहिलो हाफको ११ औं मिनेटमा चौधरीले गरेको गोल नै जावलाखेलको जितलाई प्रयाप्त रह्यो । प्रतियोगितामा जावलाखेलका शिशिर लेखि म्यान अफ दि म्याच चुनिए ।
यो जितसँगै समूह बी मा रहेको जावलाखेलले ३ अंक जोडेको छ । जितसँगै जावलाखेलले लिगमा दुई खेलबाट ४ अंक जोडेको छ । र, जावलाखेलको दोस्रो चरण पुग्ने सम्भावना कायम रहेको छ । यो समूहमा मोरङको ६ अंक छ ।
लगातार दुइ खेल गुमाएको पुलिस अंकबिहिन रहेको छ । अब पुलिसले अन्तिम एक खेल बाँकी रहेको छ । उक्त खेल जितेपनि पुलिसलाई अर्को चरण पुग्न प्रयाप्त हुने छैन । यस्तै यो समूहमा ब्रिगेड ब्बाइजको २ रहेको छ ।