काठमाडौं । हिरो गोल्डकप फुटबलमा ईरानविरुद्वको खेलमा नेपालले २–० को अग्रता लिएको छ । भारतको उडिसास्थित कालिङ्गा रंगशालामा दोस्रो हाफको खेलमा नेपालले एक गोल थप गर्न सफल भएको छ ।
५९ मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाएकी हुन् । अघिल्लो खेलमा दुई गोल गरेकी सावित्राले फेरी एक पटक आफु उत्कृष्ट रहेको सावित गरिन् ।
यसअघि नेपालका लागि अनिता बस्नेतले गोल गरेकी थिईन । खेलको ४१ औ मिनेटमा गिता रानाको पासलाई सदुपयोग गर्दै भलीमार्फत अनिताले गोल गरेकी थिईन । पहिलो अवसरमै नेपाल गोल गर्न सफल भएको हो ।
लिग चरणको तेस्रो खेलमा नेपालले अहिले ईरानसंग प्रतिस्पर्धा गरिरहेको छ । फाईनल पुग्न नेपाललाई आज जित्नैपर्ने दबाब छ ।