काठमाडौं । हिरो गोल्डकप फुटबलमा ईरानविरुद्वको खेलमा नेपालले अग्रता लिन सफल भएको छ ।
भारतको उडिसास्थित कालिङ्गा रंगशालामा पहिलो हाफको खेल सकिदाँ नेपालले १–० को अग्रता लिएको हो ।
नेपालका लागि अनिता बस्नेतले गोल गरेकी छिन् । खेलको ४१ औ मिनेटमा गिता रानाको पासलाई सदुपयोग गर्दै भलीमार्फत गर्न अनिताले गोल गरेकी हुन् ।
पहिलो अवसर सिर्जना गदै नेपाल जित निकाल्न सफल भएको हो ।
लिग चरणको तेस्रो खेलमा नेपालले अहिले ईरानसंग प्रतिस्पर्धा गरिरहेको छ । फाईनल पुग्न नेपाललाई आज जित्नैपर्ने दबाब छ ।
लिग चरणको तेस्रो खेलमा नेपालले अहिले ईरानसंग प्रतिस्पर्धा गरिरहेको छ । फाईनल पुग्न नेपाललाई आज जित्नैपर्ने दबाब छ ।
चार टोली सहभागि प्रतियोगिताका शीर्ष दुई टिम फाईनल प्रवेश गर्नेछन् ।
म्यानमार ६ अंक सहित शीर्ष स्थानमा छ । नेपाल ३ अंक सहित दोस्रो र भारत तेस्रो स्थानमा छ । ईरान अंक विहिन छ ।
नेपाललाई प्रतियोगिताको फाईनल प्रवेश गर्ने अवसर प्राप्त छ । तर नेपालको सम्भावना भारत र म्यानमारबीचको खेलको नतिजाले प्रभावित पार्नेछ ।
नेपाल जितले मात्र हैन, हारले समेत फाईनल पुग्ने सम्भावना उत्तिकै छ ।