काठमाडौं । हिरो गोल्डकप फुटबलको लिग चरणको अन्तिम खेलका लागि नेपाली टिमकाे नाम सार्वजनीक गरिएकाे छ । नेपालले तेस्राे खेलमा इरानविरुद्द प्रतिस्पर्धा गर्दैछ । नियमित कप्तान निरु थापाले चाेट बाेकेपछि सरु लिम्बुले माैका पाएकी हुन् ।
प्लेइङ सेटमा परिवर्तन गर्दै नेपालकाे फरवार्ड लाइन सावित्रा भण्डारीले समाल्ने छिन् ।
भारतको उडिसास्थित कालिङ्गा रंगशालामा दिउँसो सवाँ ४ बजे सुरु हुनेछ ।
चार टोली सहभागि प्रतियोगिताका शीर्ष दुई टिम फाईनल प्रवेश गर्नेछन् ।
म्यानमार ६ अंक सहित शीर्ष स्थानमा छ । नेपाल ३ अंक सहित दोस्रो र भारत तेस्रो स्थानमा छ । ईरान अंक विहिन छ ।
नेपाललाई प्रतियोगिताको फाईनल प्रवेश गर्ने अवसर प्राप्त छ । तर नेपालको सम्भावना भारत र म्यानमारबीचको खेलको नतिजाले प्रभावित पार्नेछ ।
नेपाल जितले मात्र हैन, हारले समेत फाईनल पुग्ने सम्भावना उत्तिकै छ ।
नेपालको सुरुवाति ११ :
गोलकिपर : एन्जिला तुम्बोप्पो सु्ब्वा
डिफेन्डर : हिरा कुमारी भुजेल, पुनम जर्घा मगर, गिता राना, मनमाया लिम्बु
मिडफिल्डर : मन्जली कुमारी योन्जन, दिपा राई, रेनुका नगरकोटी (कप्तान), अनिता बस्नेत, सरु लिम्बु
स्ट्राइकर : सावित्रा भण्डारी,