काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले 'एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड'को घोषणा गरेको छ । सिप्यानले बुधबार पत्रकार सम्मेलन गर्दै एनसीसीएस–सिप्यान क्रिकेट अवार्डको घोषणा गरेको हो ।
सिप्यानले पाँच विधामा प्रदान गरिने अवार्ड आगामी फागुन २१ गते प्रदान गर्ने जनाएको छ । सिप्यानले बर्ष क्रिकेट खेलाडी पुरुष र महिला, बर्ष उदाउँदो क्रिकेट खेलाडी, बर्षको उत्कृष्ट क्षण अवार्ड र लाइफटाइम्स अचिभमेन्ट अवार्ड प्रदान गरिने जनाएको छ ।
बर्ष क्रिकेट खेलाडी पुरुषले अवार्डसंगै नगद १ लाख ३२ हजार प्राप्त गर्दा अन्य चार विधाका विजेताले समान ६६ हजार नगद पुरस्कार पाउनेछन् ।
महिलाकाे क्रिकेट गतिविधि धेरै नभएकाले पुरुष र महिलाको पुरस्कार राशिमा फरक परेकाे सिप्यानका अध्यक्ष मनिषराज पाण्डेले बताए ।
अवार्डको लागि सिप्यानले खेलाडी छनोटका प्राविधिक समिति गठन गर्ने जनाएको छ । यस्तै एक पुराना खेलाडीलाई लाइफटाइम्स अचिभमेन्ट अवार्ड र समर्थकहरुको आधारमा बर्षको उत्कृष्ट क्षण अवार्ड दिईने बताईएको छ ।