एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज (बुधबार) राति दुई खेल हुदैछ । स्पेनिस क्लब रियाल मड्रिडले डच क्लब अजाक्स तथा प्रिमियर लिग क्लब टोटेनहमले ईटालियन क्लब बोरुसिया हर्टमण्डसंग प्रतिस्पर्धा गर्दैछ ।
अजाक्सको घरेलु मैदानमा हुने पहिलो खेल नेपाली समय अनुसार राती पौने २ बजे सुरु हुनेछ ।
रियल मड्रिडले युवा स्टार भिनिसियस जुनियरलाई आजको खेलमा मैदान उतार्न सक्नेछ । ब्राजिलियन युवा खेलाडी यसै सिजन रियल आएका छन् । उनी पछिल्लो खेलमा रियलको प्लेईङ सेटमा रहेर खेलको सुरुवात गरेका थिए ।
‘उनी निकै चाँडो अनुकुल बन्दै छन् ।’ रियल प्रशिक्षक स्यान्टियागो सोलारीले भने, ‘उनी नयाँ देशमा छन् । नयाँ संस्कृती र फरक किसिमको फुटबल खेलिरहेका छन् ।’
‘उनले आफ्नो क्षमता देखाएका छन् । हामी उनको ख्याल गर्नेछौ ।’ उनले थपे ।
गत हप्ता एट्लेटिको मड्रिडविरुद्वको टिमलाई सोलारीले आजको खेलमा उतार्न सक्नेछन् ।
डच क्लब अजाक्सले सर्वाधिक गोलकर्ता दुसन टाडिकलाई सुरुवातमा उतार्न सक्नेछ । उनले यस सिजन सबै प्रतियोगितामा २२ गोल गरेका छन् । पछिल्ला १२ खेलमा उनको ११ गोल छ ।
अर्को खेल बोरुसियसंग भिड्दै गर्दा टोटनहमलाई मुख्य डर ईङ्लिस विङ्गर जाडोन सान्चोको हुनेछ । १८ बर्षका विङ्गरले बुन्डेसलिगाको लिग लिडर बोरुसियाका लागि यस सिजन ८ गोल र १० गोलका अवसर सिर्जना गरेका छन् ।
तर टोटनहमका प्रशिक्षक माउरिसियो पोचिटिनो आफु त्यसका लागि तयार भएको बताउँछन् । ‘हामीलाई राम्रोसंग थाहा छ । हामी सक्षम छौ । जुन हामीले गर्दै समेत आएका छौ ।’ उनले भने ।
सान्चोले सुरुवाती ११ मा स्थान बनाउन बोरुसियाका कप्तान मार्कोस रियुस भने चोटका कारण खेलमा उपलब्ध हुने छैनन् ।
टोटेनहमको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति पौने २ बजे सुरु हुनेछ ।