ललितपुर । ललित स्मृति यु - १८ फुटबल च्याम्पियनसिपमा अहिले जवलाखेल युथ क्लब र विभागीय टिम पुलिसबीच प्रतिस्पर्धा भईरहेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्लेक्समा जारी खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
पहिलो खेलमा पराजित पुलिस अंक विहिन छ । मोरङले पहिलो खेलमा पुलिसलाई १–० ले हराएको थियो । जावलाखेलले तालिकामा एक अंक जोडेको छ ।