बुटवल । रुपन्देहीमा फागुन पहिलो साताबाट सुरु हुने २१ औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबलको उद्घाटन खेलमा झापा-११ र विभागीय टिम सशत्र प्रहरीको एपीएफ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।
आयोजक रुपन्देही जिल्ला फुटबल संघले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा झापा र एपीएफबीच खेल हुने भएको हो । संघले निकालेको खेल तालिका अनुसार समूह 'क' मा रहेको झापा र एपीएफबीचको खेल फागुन ४ गते एन्फा एकेडमी बुटवलमा हुनेछ ।
झापा र एपीएफबीचको विजेताले क्यामरुनको दाउफिन्स फेमिलिसंग खेल्नेछ । झापाले फिदिममा सम्पन्न फिदिम गोेल्डकपपछि पहिलो पटक मोफसलको प्रतियोगितामा सहभागीता जनाएको हो ।
यस्तै दोस्रो खेलमा सुनसरी-११ र आयोजक लाली रुपन्देहीले भिड्नेछन् । च्यासलले सकंटा क्लबको सामना गर्नेछ । यस खेलेको विजेताले क्वाटरफाइनलमा मनाङ मर्स्याङदीसंगको भेट तय गर्नेछ । यस्तै ब्रदर्श युनाइटेडले नेपाल पुलिससंग खेल्नेछ ।
आयोजकले सहभागी १० टोलीलाई २ समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो । समूह 'क' मा एपीएफ, झापा-११, दाउफिन्स, सुनसरी-११ र आयोजक रुपन्देही-११ रहेको छन् । समूह 'ख' मा च्यासल युथ, संकटा क्लब, मनाङ मर्स्याङदी, ब्रदर्श युनाइटेड र नेपाल पुलिस क्लब रहेका छन् ।
प्रतियोगिताको विजेताले ८ लाख ८० हजार पाउनेछ । यस्तै उपविजेता टिमले ५ लाख ५० हजार प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडिले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ ।
खेल तालिका :