काठमडाौं । अखिल नेपाल फुटबल संघ एन्फाले २० सदस्यीय यु–२१ फुटबल टिमको घोषणा गरेको छ । एन्फाले भारतको गुवाहाटीमा हुने डा ता आओ फुटबल च्याम्पियनसिप खेल्ने नेपाली टिमको घोषणा गरेको हो ।
नेपाली टिममा गोलकिपरतर्फ सोजित गुरुङ, विण्णुकुमार केसी, सुर्य अधिकारी रहेका छन् । डिफेन्डरमा छिरिङ गुरुङ, रन्दीप पौडेल, गौतम श्रेष्ठ, विश्वास उदास, असिम भुसाल र राजन गुरुङ रहेका छन् ।
मिडफिल्डरमा अनिल महर्जन, आकृन विष्ट, अनिष थापा, मिक्छेन तामाङ, नितिन थापा, अभिषेक रिजाल र शिशिर लेखी रहेका छन् । फरवार्डमा रेजिन सुब्बा, राजिव लोप्चन, धिरज श्रेष्ठ र प्रिजन तामाङ रहेका छन् ।
वैकल्पिक खेलाडीमा गोलकिपरमा अभिषेक बराल, डिफेन्समा सतिस श्रेष्ठ, मिडफिल्डमा अरुज सिंह र फरवार्डमा रितिक खड्का रहेका छन् ।
टिमको प्रशिक्षकमा चेतनारायण श्रेष्ठ र सहायक प्रशिक्षकमा सल्याणी खड्गी रहेका छन् । गोलकिपर प्रशिक्षकमा छानुराम चौधरी र फिजियोमा र्कीतन श्रेष्ठ छन् । अफिसियलममा राजेश मानन्धर तथा म्यानेजरमा मधुसुदन उपाध्याय रहेका छन् ।
डा तालिमिरान आओ फुटबलमा गरेको योगदानको स्मृतिमा प्रत्येक बर्ष प्रतियोगिता आयोजना हुँदै आएको छ ।
डा आओ भारतीय फुटबल टिमका पहिलो कप्तान समेत हुन् । उनैको नेतृत्वमा भारतले १९४८ मा समर ओलम्पिक खेलेको थियो ।
लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता अरुणाञ्चल फुटबल संघको आयोजना गर्दै आएको छ ।