ललितपुर । ललित स्मृति यु - १८ फुटबल च्याम्पियनसिप अन्तर्गत आज भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र मोरङ फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा काठमाण्डौंको ब्रिगेडले मोफसलको क्लब मोरङसँग १ - १ गोलको बराबरी खेलेका हुन् ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा दुवै टोलीले १ - १ गोल गर्दै बराबरी खेल्दै अंक बाडेका हुन् ।
खेलको ५४ औं मिनेटमा पारस खत्री क्षेत्रीले गोल गर्दै मोरङलाई सुरुवाती अग्रता दिलाए । तर, मोरङले अग्रता जोगाइराख्न सकेन । एक गोलले पछि परेको दुई मिनेट नबित्दै ब्रिगेडले गोल गर्दै खेल बराबरी गरेका थिए । खेलको ५६ औं मिनेटमा अनुप लिम्बुले गोल गर्दै खेल बराबरीमा लयका थिए । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल बराबरीमा सकिएको थियो ।
खेलमा म्यान अफ दि म्याच मोरङका गोलकर्ता अनुप लिम्बु भए । उनलाई राष्ट्रिय टिमका सदस्य रविन श्रेष्ठले मेडल हस्तान्तरण गरे ।
बराबरीसँगै मोरङले ४ अंक बटुलेको छ । मोरङले पहिलो खेलमा पुलिसलाई १–० ले हराएको थियो । ब्रिगेटले पहिलो खेलमा जाउलाखेलसंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । ब्रिगेटको २ अंक छ ।