एजेन्सी । च्याम्पियन्स लिग फुटबलको प्रि–क्वार्टर फाईनल अन्तर्गतको पहिलो लेगको खेलमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइडले फ्रेन्च टोली पीएसजीको सामना गर्दैछ । नेपाली समय अनुसार राति पौने २ बजे सुरु हुने खेल म्यानचेस्टर युनाइटेडको गृह मैदान ओल्ड ट्राफोर्डमा हुनेछ ।
म्यानचेस्टर युनाइटेडका लागि यसै साता प्रिमियर लिगको खेलमा विश्राम पाएका मार्कोस रासफोर्ड, जेसे लिण्डगार्ड र एस्ले योङ् मैदानमा फर्किने छन् भने एन्टेनियो भ्यालेन्सियाले चोटका कारण खेल गुमाउने छन् ।
त्यस्तै चोटले ग्रस्त रहेका रक्षक भिक्टर लिंडेलोफ र मार्कस रोहोको पनि खेल्ने सम्भावना न्युन रहेको छ ।
त्यसैगरी पिएसजी दुई स्ट्रार फरवार्डद्वय नेयमर र काभानी बिना मैदान उत्रिने छ । दुवै खेलाडीले चोटले गर्दा दोस्रो लेग समेत गुमाउने तय भैसकेको छ ।
त्यी दुई खेलाडीको अभावमा एमबाप्पेले आक्रमणको मोर्चा सम्हाल्ने छन् । अर्का दुई महत्वपुर्ण खेलाडी थोमस मुनियर र एड्रियन रबियोटले पनि चोटकै कारण खेल गुमाउने छन् ।