काठमाडौं । जापानको टोकियोमा हुने कोपा पुमा टोरेरस फुटबल प्रतियोगिता खेल्ने खेलाडीको अन्तिम छनोट सम्पन्न भएको छ । कास्की जिल्ला फुटबल संघको संयोजन र जापानको फन रुट्स एकेडेमीको सहकार्यमा जापानमा हुने प्रतियोगितामा नेपालबाट १२ बर्ष सम्म बालबालिकाको टोलीले सहभागिता जनाउदैछ ।
टिमका प्रशिक्षक राजेन्द्र तामाङले विभिन्न जिल्लाबाट सहभागि मध्यबाट १२ खेलाडीको अन्तिम छनोट भएको खेलपाटीलाई जानकारी दिएका छन् । प्रतियोगितामा १२ बर्ष सम्मका खेलाडीले सहभागिता जनाउने गर्दछन् ।
अन्तिम छनोटमा पर्ने खेलाडीमा कास्कीकाक सफल थापा, मकवानपुरका विनय तामाङ, काठमाडौंका एलेक्स पौडेल र विश्वास ओझा, रुपन्देहीका सरोज दर्लामी र बाग्लुङका विविर थापा रहेका छन् ।
त्यस्तै, स्याङ्जाका विशाल विक, म्याग्दीका बिज्ञ गौचन, स्याङ्जाका आर्यान गुरुङ, कास्कीका सविन नेपाली र गोर्खाका प्रकाश तामाङ रहेका छन् ।