एजेन्सी । आर्सनलका मिडफिल्डर आरोन राम्सी ईटालियन क्लब युभेन्ट्समा अनुबन्धन भएका छन् । सिरि ए क्लब युभेन्ट्सले आर्सनलका मिडफिल्डरलाई साताको ४ लाख पाउण्ड दिने गरि क्लबमा अनुबन्धन गरेको हो ।
२८ बर्षका खेलाडीले चार बर्षका लागि क्लबसंग अनुबन्धन सम्झौता गरेका छन् । आर्सनलमा ११ सिजन बिताएका राम्सी फ्रि ट्रान्सफरबाट सिरि ए क्लब उत्रने पक्का भएको हो ।
राम्सीले गत जनवरीमा दुई वटा मेडिकल पास गरेका थिए । पछिल्लो अनुबन्धनसंगै उनी सर्वाधिक तलब खाने ब्रिटिस खेलाडी बनेका छन् । वेल्सका अन्तराष्ट्रिय खेलाडीको सम्झौता आर्सनलसंग गत जुनमा सकिएको थियो । राम्सी युभेन्ट्स जादाँ आर्सनलले कुनै मुल्य भने पाएन ।
सन् २००८ मा प्रिमियर लिग क्लब कार्डिफ सिटीबाट राम्सी आर्सनल गरेका थिए ।
युरोपेली क्लब फुटबलका महारथी क्लब वार्यन म्युनिख, ईन्टर मिलान र रियल मड्रिडले समेत राम्सीमाथि ईच्छा देखाएका थिए । रियलका स्टार ग्यारेथ वेल समेत वेल्सका खेलाडीलाई क्लबको लाईन अपमा राख्न कोशिश गरेका थिए ।
आर्सनलले राम्सीको माग अनुसारको तलब दिन नसक्ने बताएपछि उनी ईटाली बसाई सर्न तयार भएका हुन् । लण्डन क्लबका वर्तमान प्रशिक्षक उनाई एमरीले दिने भुमिकामा राम्सीले असन्तुष्टि जनाउँदै आएका थिए ।
राम्सीले लण्डन क्लबको लागि २ सय ५९ म्याच खेलेका छन् । जसमा ६१ ृगोल गरेका छन् ।