काठमाडौं । हिरो गोल्डकप फुटबलमा नेपालको राष्ट्रिय महिला फुटबल टिमले भारतसंग प्रतिस्पर्धा गरिरहेको छ ।
भारतको उडिसास्थित कालिङ्गा रंगशालामा पहिलो हाफको खेल सकिदाँ नेपालले २–० को अग्रता लिएको छ । स्ट्राईकर सावित्रा भण्डारीले उत्कृष्ट प्रर्दशन गरेपछि नेपालले अग्रता बनाउन सफल भएको हो ।
खेलको पाँचौ मिनेटमा नेपालले अग्रता बनाएको थियो । सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिईन् । लगत्तै सातौ मिनेटमा उनले ब्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् ।
नेपाल दोस्रो खेलमा भारतविरुद्व उत्रिएको हो । मुख्य प्रशिक्षक हरि खड्काले अघिल्लो खेलमा म्यानमारविरुद्व उत्रिएको टोलीलाई आजपनि प्लेईङ सेटमा राखेका छन् ।
पहिलो खेलमा नेपाल म्यानमारसंग ३–० ले पराजित भएको थियो ।