काठमाडौं । हिरो गोल्डकपमा नेपाल र भारतबीचको खेलको प्रत्यक्ष प्रशारण हेर्न पाईने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले नेपालको राष्ट्रिय महिला फुटबल टिम र भारतबीचको खेल प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।
खेल नेपाली समय अनुसार बेलुका सवाँ ७ बजे सुरु हुनेछ । प्रतियोगिता खेल्न नेपाली टिम भारतको भुवनेश्वरमा छ ।
एन्फाले माईकुजुमार्फत खेलको प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ ।
भारतीय फुटबल महासंघले प्रतियोगिताको सम्पुर्ण खेलहरु ‘हटस्टार’ एप्समा हेर्न सकिने बताएको थियो । प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज बेलुका भारतीय टिमसंग खेल्दैछ ।
नेपाल पहिलो खेलमा म्यानमारसंग ३–० ले पराजित भएको थियो । नेपाल सहित प्रतियोगितामा भारत, म्यानमार, ईरान समावेश छन् । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
आगामी साफ र ओलम्पिक छनोटको तयारीलाई केन्द्रमा राखेर भारतले प्रतियोगिताको आयोजना गरेको हो । भारतले आफ्नो पहिलो खेलमा ईरानलाई पराजित गरेको थियो । प्रतियोगितामा फर्कन नेपाललाई आज जित्नैपर्ने दबाब छ ।
नेपाल र भारतबीचको प्रत्यक्ष प्रशारण तपाई हाम्रो (खेलपाटी डट कम)को होम पोजमा गएर समेत हेर्न सक्नु हुनेछ ।