काठमाडौं । सातदोबाटो युथ क्लवले सहिद स्मारक 'बी' डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानको भएको दिनको पहिलो खेलमा सातदोबाटोले श्री कुमारी क्लबलाई २–१ गोल अन्तरले पराजित गर्याे ।
सातदोबाटोले पहिलो र दोस्रो हाफमा एक-एक गोल गरेको थियो । श्री कुमारीले खेलको अन्तिम समयमा गोल गरेपनि हार टार्न सकेन ।
सातदोबाटोका लागि खेलको २१ मिनेटमा दिपेश गुरुङले गोल गर्दै अग्रता दिलाएका थिए । उनले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरे । खेलको ५३ औँ मिनेटमा रन्जन पुनले सातदोबाटोको अग्रता दोब्बर बनाए ।
श्री कुमारीको लागि सुविज्ञ रेग्मीले एक गोल गरे । उनले खेलको अतिरिक्त समयमा गोल गरेको थिए । योसँगै सातदोबाटोले तीन अंक जोडेको छ ।