धनगढी । तेस्रो संस्करणको धनगडी प्रिमियर लिग (डीपीएल) क्रिकेटको दोस्रो खेलमा रुपन्देही च्यालेञ्जर्सले महेन्द्रनगर युनाइटेडलाई जितका लागि ११२ रनको मध्यम लक्ष्य दिएको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले २० ओभरमा अलआउट हुँदै १११ रन बनाउन सक्यो ।
रुपन्देहीका लागि सुमित महर्जनले सर्वाधिक २७ रन जोडे । यस्तै विनोद भण्डारी १९, सन्दीप सुनार १५ तथा बाबर हायत १४ रनमा आउट भए । बिक्रम शोब १६ रनमा अविजित रहे ।
रुपन्देहीलाई सस्तैमा समेट्न महेन्द्रनगरका सिधान्त लोहनीले ३ तथा अभिनास बोहरा र सागर ढकालले २/२ विकेट लिए ।
यसअघि भएको पहिलो खेलमा काठमाडौं गोल्डेन्सले साबिकको बिजेता धनगढी स्टार्सलाई ४ विकेटले हराएको छ ।