ललितपुर । ललित स्मृति अन्डर १८ फुटबल च्याम्पियनसिप अन्तर्गत अहिले ब्रिगेट ब्वाईज र मोरङ फुटबल क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्लेक्समा सुरु खेलमा दुवै टोली जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
मोरङ आजको खेलमा जित निकाल्दै नकआउट चरणको नजिक पुग्न चाहन्छ । क्वार्टरफाईनलको यात्रा तय गर्न ब्रिगेट ब्वाईजलाई आजको खेल जित्नैपर्ने दबाब छ ।
अर्को खेलमा जवलाखेल युथ क्लब र विभागीय टिम पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।