एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा बार्सिलोना एथ्लेटिको बिल्बाओसंग गोलरहित बराबरीमा रोकिएको हो ।
एथ्लेटिको बिल्बाओको मैदानमा बल पोजिसनमा पकड जमाएपनि गोल नसक्दा बार्सिलोनाले घरेलु टोलीसंग अंक बाडेको हो । बार्सिलोनाले केहि उत्कृष्ट गोलको अवसर खेर फालेको थियो । बार्सिलोनाको पटक पटकको आक्रमणमा बिल्बाओका गोलकिपर र डिफेन्स बाधक बनेको थियो ।
यस्तै खेलको इन्जुरी समयमा ओस्कार डी मार्कोसले रातो कार्ड पाउँदा घरेलु टोली केहि मिनेट १० खेलाडीमा समेटिएको थियो ।
बिल्बाओसंगको बराबरीसंगै बार्सिलोना शीर्ष स्थानको अग्रता फराकिलो बनाउन चुकेको छ । तर, बार्सिलोना दोस्रो स्थानको रियल मड्रिड भन्दा ५ अंकले अघि रहेको छ ।
बार्सिलोनाको २३ खेलबाट ५१ अंक छ । रियलको समान खेलबाट ४५ अंक छ । २७ अंक जोडेर बिल्बाओ १३ औं स्थानमा छ ।