काठमाडौं । मनकामना केवलकार पोखरा कप फुटबलको विधागत पुरस्कारतर्फ एपीएफले वर्चस्व जनाएको छ । उसले तीन विधामा पुरस्कार प्राप्त गरेको छ ।
प्रतियाेगिताकाे उपाधि दाफिन्सले जितेपनि विधागततर्फकाे पुरस्कारमा एपीएफले वर्चस्व जमायाे ।
प्रतियोगिताको उत्कृष्ट गोलकिपरमा एपीएफका राजु योगी घोषित भए ।
उत्कृष्ट डिफेन्डरमा रमेश दंगाल चुनिए । उत्कृष्ट प्रशिक्षकमा राजेन्द्र तामाङ रहन सफल रहे । विधागत पुरस्कारमा दाफिन्सले एक विधामा पुरस्कार प्राप्त ग¥यो ।
उसका यात्रिक ओवना उत्कृष्ट स्ट्राइकर बने । उत्कृष्ट मिडफिल्डर भने मनाङका हेमन गुरुङ चुनिए । विधागत सबैले २५ हजार प्राप्त गरे ।
यस्तै प्रतियोगिताको अनुशासित टिम जापानी रिस्सो विश्वविद्यालय रह्यो । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीको उपाधि एपीएफ क्लबका गोलरक्षक राजु योगी चुनिए ।
उनले एक थान मोटरसाइकल प्राप्त गरे ।