काठमाडौं । धनगडी प्रिमियर लिग डीपीएलको तेस्रो संस्करण भोली (सोमबार) सुरु हुदैछ । बर्षाका कारण दुई दिन पछाडी सरेको प्रतियोगितामा ६ टिमले सहभागिता जनाउने छन्। प्रतियोगिताको पहिलाे दिन दुई खेल हुनेछ।
पहिलो खेल काठमाडौ गोल्डेन्स र धनगढी स्टार्सबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल बिहान ९ बजे हुनेछ । काठमाडौ गोल्डेन्स ज्ञानेन्द्र मल्लकाे कप्तानीमा मैदान उत्रने छ । धनगढी स्टार्सकाे नेतृत्व सोमपाल कामीले गर्नेछन्।
दुबै संस्करण उपाधि जितेका कारण सोमपालले आफुमाथि कुनै दबाब नरहेको बताए । तर तेश्रो पटक ट्रफी जित्न चुनौती रहको उनकाे कथन छ ।
यता, गोल्डेन्सका उपकप्तान अनिल कुमार साहले ब्याटिङ् लाइनअप पनि अन्तिमसम्म रहेको र विदेशी खेलाडीहको कारण पनि टिम सन्तुलित देखिएको बताएका छन्।
दोश्रो खेलमा भने रुपन्देही च्यलेञ्जर्स र महेन्द्रनगर युनाइटेडबीच १ बजे प्रतिस्पर्धा हुनेछ । फाफ्ला मैदान हुने दाेस्राे खेल दिउँसाे १ बजे सुरु हुनेछ ।
रुपन्देही च्यलेञ्जर्सका कप्तान बसन्त रेग्मी हुन् । महेन्द्रनगर युनाइटेडकाे नेतृत्व शरद भेषवाकरले गरेका छन्।
उद्घाटन खेलमा महेन्द्रनगरका उप कप्तान आरिफ शेखले भने, 'मौषमको कारण मैदानमा छिरेको छैनौ । तर जिम र फिट्नेसमा तयारी गरिरहेका छौं । हाम्रो टिम एकदमै सन्तुलित छ । तर, जति सन्तुलित भएपनि मैदानमा देखाउनु पर्ने हुन्छ।'
यता रुपन्देहीका उप कप्तान बिक्रम शोबले अधिकांस खेलाडी युएईमा रहेको र बाँकी सबैले भैरहवामा तयारी गरेको बताए। 'विदेशी खेलाडी बाबर हायत पनि टिममा रहेकाले टिममा थप उर्जा थपिएको छ ।' शोबले थपे।